IME Life New

त्रिभुवन विमानस्थलबाट ३ महिनामा पौने २२ लाख यात्रुले गरे हवाई यात्रा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो ३ महिनामा पौने २२ लाख यात्रुले हवाई यात्रा गरेका छन्।

त्रिभुवन विमानस्थलले सार्वजनिक गरेको तथ्यांकअनुसार जुलाईदेखि सेप्टेम्बरसम्म आन्तरिक र अन्तर्राष्ट्रिय गरी २१ लाख ७६ हजार १२६ यात्रुले हवाई यात्रा गरेका हुन्। जसमा आन्तरिकतर्फ १० लाख ३५ हजार ८८४ यात्रु छन् भने अन्तर्राष्ट्रियतर्फ ११ लाख ४० हजार २४२ छन्।

Esewa
Crest

यी ३ महिनामा अन्तर्राष्ट्रियतर्फ ५ लाख ९४ हजार ८६ यात्रु प्रस्थान गरेका छन् भने ५ लाख ४६ हजार १५६ यात्रु अवतरण गरेका छन्। अन्तर्राष्ट्रिय उडान–अवतरण ८ हजार ३३ भएका छन्।

यसैगरी जुलाईदेखि सेप्टेम्बरसम्म आन्तरिकतर्फ ५ लाख २१ हजार २४८ यात्रु प्रस्थान गरेका छन् भने ५ लाख १४ हजार ६३६ यात्रु अवतरण गरेका छन्। आन्तरिकतर्फ उडान–अवतरण भने २२ हजार ८४६ भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS