IME Life New

‘रवि लामिछानेको विषयमा नेपाल प्रहरीलाई लिएर सामाजिक सञ्जालमा आएका विचारहरु भ्रमपूर्ण’

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । जिल्ला प्रहरी कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयमा नेपाल प्रहरीलाई लिएर सामाजिक सञ्जालमा आएका विचारहरु भ्रमणपूर्ण रहेको जनाएको छ।

कास्की प्रहरीले एक विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो। ‘केही दिनयता विभिन्न सामाजिक सञ्जालहरुमा अनुसन्धानका क्रममा रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा कात्तिक ८ गते म्याद थप गर्न कास्की जिल्ला अदालतमा उपस्थित गराउँदा नेपाल प्रहरीका कर्मचारीले सम्मानित इजलासमा आदरार्थी शब्दको प्रयोग नगरेको, इजलासमा हतियारसहित प्रवेश गरेको, धम्काएको एवं प्रहरी हिरासतमा समेत दुर्व्यवहार गरेको भन्नेजस्ता भ्रामक, झुट्टा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचार टिकटकलगायतका सामाजिक सञ्जालहरुमा सम्प्रेषण भएका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘यस सन्दर्भमा हाम्रोे गम्भीर ध्यानाकर्षण भएको छ।’

Crest

यस्ता तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारबाट जनमानसमा गलत सूचनाको सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने कास्की प्रहरीले जनाएको छ। ‘त्यसैले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न, गराउनु हुन सम्पूर्णमा अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ।

नेपालको संविधान एवं प्रचलित ऐन–कानुनबमोजिम फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुशरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न कास्की प्रहरी प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ। ‘त्यसैले कोही कसैले अनुमानका आधारमा भनेको, सुनेको तथ्यहिन कुराहरुलाई सम्प्रेषण नगरी सही, सत्य र तथ्यमा आधारित सूचना, समाचार र सन्देश मात्र सम्प्रेषित गरी दिनु हुन सम्पूर्णमा अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS