IME Life
GBIME

हिमालयन ब्रोकरेजको साधारणसभा कात्तिक ३० गते

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । धितोपत्र दलाल व्यवसायीको रूपमा सञ्चालित हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडले कात्तिक ३० गते वार्षिक साधारण सभा गर्ने भएको छ । कात्तिक ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको बुढानिलकण्ठस्थित लेमन ट्रिमा दिउँसो ३ बजे दोस्रो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

Crest

सभाले प्रमुख कार्यकारी अधिकृतको तलब भत्ताका सम्बन्धमा आवश्यक निर्णय गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले लाभांशको प्रस्ताव समेत अनुमोदन गर्नेछ । तर, कम्पनीले सार्वजनिक गरेको सूचनामा कति लाभांश प्रस्ताव गरेको छैन ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS