IME Life New

रुरु जलविद्युतको १९औँ वार्षिक साधारणसभा आज हुँदै, यस्ता छन् एजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रुरु जलविद्युत परियोजनाले आज कात्तिक ११ गते १९ औँ वार्षिक साधारणसभा गर्दैछ । सभा काठमाडौंको नकसालस्थित लिसारा ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्तापुँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी ०.७८९ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

Esewa
Crest

सभाले बोनस वितरणपछि कायम हुन आउने चुक्तापुँजीको १ः०।८० को अनुपातमा अर्थात् ८० प्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। कम्पनीले सुम्निमा हाइड्रो पावर कम्पनीमा ५१ प्रतिशत शेयर लगानी गर्ने निर्णय गरेकोले लगानी व्यवस्थापनका लागि हकप्रद निष्कासन गर्न लागेको जनाएको छ।

कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थका लागि असोज ३० गते बुक क्लोज गरेको थियो । यसको अर्थ आज असोज २९ गतेसम्म कायम शेयरधनीहरु यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS