IME Life New

सोनापुर र घोराही सिमेन्टसहित ४३ उद्योगको विद्युत लाइन काटियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेटिकेटेड फिडर र ट्रंक लाइनबापतको बक्यौता विद्युत महसुल नबुझाएको भन्दै ४३ उद्योगको विद्युत् लाइन काटिदिएको छ।

प्राधिकरणले ती उद्योगको लाइन बिहीबार राति काटिदिएको हो। विद्युत लाइन काटिएका उद्योगहरुमा घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, अर्घाखाँची सिमेन्ट, भलवारी स्वचालित कारखाना, हुलास स्टिल, अशोक स्टिल, हिमाल आइरन एन्ड स्टिल, श्याम प्लास्टिक उद्योगलगायतका उद्योग छन्।

Esewa
Crest

प्राधिकरणले गत असोज २४ गते सार्वजनिक सूचना जारी गर्दै ती उद्योगलाई २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड फिडर तथा ट्रंक लाइनबापतको बक्यौता महसुल बुझाउन ताकेता गरेको थियो। ती उद्योगलाई कात्तिक ८ गतेसम्मको समयसीमा दिएको थियो।

प्राधिकरणका अनुसार बिहीबार ५ उद्योगले मात्रै बक्यौता महसुल बुझाएका छन्।

बक्यौता महसुलका विषयमा बिहीबार बिहान प्राधिकरण सञ्चालक समितिको बैठक बसेको थियो । बैठकमा ऊर्जामन्त्री दीपक खड्काले उद्योगहरुको लाइन काट्न नहुने धारणा राखेका थिए । तर, प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ उद्योगहरुले महसुल बुझाउनुपर्ने अडानमा थिए।

सोही कारणले सञ्चालक समितिको बैठकले बक्यौता विद्युत महसुलबारे कुनै निर्णय गर्न सकेन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS