IME Life New

जलवायु न्यायका लागि संवेदनशील बन्न अर्थमन्त्री पौडेलको विश्व समुदायसँग आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

वासिङ्टन डीसी । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु वित्तका क्षेत्रमा सहायता परिचालन गर्न स्थापित विश्वव्यापी वित्तीय कोषहरुको परिचालन प्रणालीलाई सरल र पहुँचयोग्य बनाउन विश्व समुदायसँग आग्रह गरेका छन्।

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुने क्रममा मन्त्री विष्णुप्रसाद पौडेलले आज आयोजित उच्चस्तरीय (सदस्य राष्ट्रका मन्त्रीस्तरीय) बैठकमा आफ्नो धारणा राख्दै जलवायु न्यायका लागि विकास साझेदार र सिंगो अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार र संवेदनशील बन्न आग्रह गरेका हुन्। उनले नेपाल विश्वमै अद्वितीय जैविक विविधतायुक्त मुलुक रहेको भए तापनि पछिल्लो समय मानव सिर्जित कारणहरुले प्राकृतिक विपत्तिहरुको सामना गर्नु परिरहेको र यसका लागि थप वित्तीय स्रोत व्यवस्थापनको चुनौती रहेको धारणा राखे। साथै, उनले जलवायु परिवर्तका क्षेत्रमा नेपालको योगदान नगण्य रहेको भए पनि जलवायु परिवर्तनको प्रतिकूल प्रभावको अंश ठूलो रहेको बताए।

Esewa
Crest

जैविक विविधता संरक्षण गर्न सरकारले पछिल्ला वर्षहरुमा वार्षिक औसत ५० मिलियन अमेरिकी डलर खर्च गर्दै आएको भए पनि सरकारको प्रयासमा थप वित्तीय स्रोतको आवश्यकता औँल्याउँदै पौडेलले विकास साझेदारहरु र विश्वव्यापी वातावरणीय कोषहरुले सहायता परिचालन प्रणालीमा प्रभाकारिता ल्याउन र यस्ता कोषहरुबाट प्रवाह हुने सहायतालाई राष्ट्रिय बजेट प्रणालीमार्फत प्रवाहित गरी पारदर्शिता र प्रभावकारिता कायम गर्न पनि जोड दिए।

मन्त्री पौडेलले जलवायु न्यायका लागि स्थापित हानी–नोक्सानी तथा क्षतिपूर्ति कोषलाई प्रभावकारी श्रपमा सञ्चालन गर्नसमेत विश्व समुदायलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS