IME Life New

हिमालयन डिस्टिलरीको झन्डै ९०%ले बढ्यो नाफा, आम्दानीमा पनि उछाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन डिस्टिलरीको नाफामा उछाल आएको छ। कम्पनीले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरणबाट यस्तो देखिएको छ।

समीक्षा अवधिमा कम्पनीले १९ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १० करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ८९.०४ प्रतिशतले बढेको हो।

Esewa
Crest

समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा पनि २८ करोड १९ लाख रुपैयाँ भएको छ। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा ८०.४१ प्रतिशतले बढी हो।

चालु आर्थिक वर्षको प्रथम त्रैमासको कम्पनीले उत्पादन बिक्रीबाट १ अर्ब ४८ करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले उत्पादन बिक्रीबाट ९७ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको छ। कम्पनी आम्दानी पनि ५२.९७ प्रतिशतले बढेको छ।

चुक्तापुँजी २ अर्ब ६७ करोड २५ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ८८ करोड ९६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ३ करोड ४ लाख रुपैयाँ थियो।

कम्पनीको प्रतिशेयर आम्दानी ईपीएस बढेर २९.७७ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस १५.७५ रुपैयाँ थियो। पीई रेसियो ४५.८६ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३३.२९ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS