IME Life New

लगानी सम्मेलनको ड्रिम प्रोजेक्ट ‘रारा रिसोर्ट’: निर्माणका लागि आईईई स्वीकृति, २ अर्ब लगानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सरकारले आयोजना गरेको लगानी सम्मेलनको समयमा सम्झौता भएको नेपालकै ड्रिम प्रोजेक्ट रारा रिसोर्ट निर्माण प्रक्रिया अघि बढेको छ।

अस्ट्रेलियन लगानीमा मुगुको रारा ताल क्षेत्रमा निर्माण हुन लागेको सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि नेपाल सरकारले प्रारम्भिक अध्ययन अनुमति (आईईई) अनुमति दिएसँगै निर्माण प्रक्रिया अघि बढेको हो। उक्त रिसोर्ट निर्माणका लागि पर्यटन विभागले आजै मात्र स्वीकृति प्रदान गरेको हो। विभागले रारा क्षेत्रमा १९ वटा भवनमा ६२ कोठा र ९८ शैथ्या क्षमता रहने गरी लक्जरी रिसोर्ट निर्माणका लागि आईईई अनुमति प्रदान गरेको छ।

Esewa
Crest

अस्ट्रेलियाको एक्सपर्ट ग्र्रुप र नेपालको रारा होल्डिङ्स रिसोर्ट प्रालिको संयुक्त लगानीमा बन्न लागेको उक्त होटलको लागत करिब २ अर्ब रुपैयाँ रहनेछ। अस्ट्रेलियाका एक्सपर्ट ग्रुपको मुख्य लगानी रहने उक्त रिसोर्टमा नेपाली साझेदारका रुपमा रारा होल्डिङ्सका तर्फबाट अभिषेकविक्रम शाहले नेतृत्व गर्नेछन्।

उक्त रिसोर्ट मुगु जिल्लाको छायानाथ रारा नगरपालिका–९ मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्न लागेको हो। डेढ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको रिसोर्ट स्थानीय स्रोतसाधनको प्रयोग र त्यहाँको संस्कृति झल्किने गरी निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन तयार भएको सञ्चालक शाहले बताए। ‘भर्खरैमात्र पर्यटन विभागले रिसोर्ट निर्माणका लागि आईईई स्वीकृति प्रदान गरेको छ’, शाहले भने, ‘अब केही समयभित्रै अन्य थप प्रक्रिया पूरा गरी निर्माण चरणमा प्रवेश गर्नेछौँ।’

यसका साथै उक्त रिसोर्ट निर्माणसँगै रारा क्षेत्र विकासका लागि कोशेढुंगा सावित हुने स्थानीय सरोकारवालाहरु बताउँछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS