IME Life New

हिमालयन क्यापिटलको साधारणसभा कात्तिक २८ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले कात्तिक २८ गते सातौं वार्षिक साधारणसभा गर्ने भएको छ । सभा आफ्नै रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे गर्ने जनाएको हो । क्यापिटलको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको सिमति तय गरेको हो । सञ्चालक समितिले प्रस्ताव गरेको ७ प्रतिशत नगद लाभांश (कर सहित) पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०८०/०८१ का सञ्चालक सामतिका वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात र मिति २०८० श्रावण १ देखि २०८१ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथी छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

सभाले सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई कर सहित ७ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने, आर्थिक वर्ष २०८१र८२ को लागि कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने (साविक लेखापरीक्षक श्री आरके एशोसिएटस्, चार्टड एकाउन्टेन्टस् पुनः नियुक्तीका लागि योग्य हुने प्रस्ताव पारित गर्नेछ ।

सभाले सञ्चालकको नियुक्ती गर्ने, सञ्चालकहरुको भत्ता तथा अन्य सुविधाको उपर छलफल गरी पारित गर्ने, कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने र सो पश्चात् प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनका साथै नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा थपघट, परिवर्तन वा संशोधनको निर्देशन भएमा वा आवश्यक्ता अनुसार प्रबन्धपत्र तथा नियमावलीमा परिवर्तन वा संशोधन गर्न परेमा सो गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS