IME Life New

विश्वसनीय नागरिक उड्डयन प्रणाली विकास गर्न उच्चस्तरीय अध्ययन समिति गठन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले विश्वसनीय नागरिक उड्डयन प्रणाली विकास गर्न उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गरेको छ।

मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले नेपाल नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन एवं विश्लेषगरी सुरक्षित भरपर्दो र विश्वसनीय नागरिक उड्डयन प्रणाली विकास गर्न उच्चस्तरीय समिति गठन गरेको हो।

Esewa
Crest

समितिको अध्यक्षमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा छन्। समितिका सदस्यहरुमा हवाई व्यवस्थापन विज्ञ राजेन्द्रबहादुर सिंह, हवाई सुरक्षा विज्ञ भेषराज सुवेदी र हवाई सेवा सञ्चालन तथा गुणस्तर व्यवस्थापन विज्ञ क्याप्टेन रिवाजप्रसाद प्रधान छन्।

समितिको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रहनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS