IME Life New

सम्भावित प्रदर्शन नियन्त्रण गर्न पोखराका दुई ठाउँ निषेधित क्षेत्र घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक र सहकारीपीडितको सम्भावित प्रदर्शन नियन्त्रण गर्न पोखराका दुई ठाउँ निषेधित क्षेत्र घोषणा गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले पोखराको सहिद चोक र गैह्रापाटनलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। यो निषेधाज्ञा आजदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने कास्की प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ। यसअघि गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि मात्र निषेधित क्षेत्र तोकिएको थियो।

Esewa
Crest

सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गत शुक्रबार पक्राउ गरी कास्की प्रहरीमा राखिएको छ। उनलाई आज जिल्ला अदालतमा पेस गरिँदैछ।

लामिछाने पक्राउ गरेपछि पार्टी समर्थक प्रदर्शनमा उत्रिएका छन्। उता लामिछानेमाथि कारबाहीको माग गर्दै सहकारीपीडित सडक तताइरहेका छन्।

ती क्षेत्रमा प्रदर्शन, जुलुस, हुलदंगा, झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना हुनसक्ने भएकाले निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ। निषेधित क्षेत्रमा ५ जनाभन्दा बढी भेला रोक लगाइएको छ। आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS