IME Life New

गौशाला धर्मशाला विवादः पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदको बैठक आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गौशाला धर्मशाला विवादको विषयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक आह्वान गरेको छ।

मन्त्री बद्री बद्रीप्रसाद पाण्डेले आइतबार बिहान ९ बजेका लागि परिषद्को बैठक डाकेका हुन्। मन्त्रालयले कोषलाई पठाएको पत्रमा गौशाला धर्मशालाको व्यवस्थापन काठमाडौं महानगरपालिकालाई दिने निर्णय कार्यान्वयन अर्को बैठकबाट निक्यौल नभएसम्म स्थगन गर्न निर्देशन पनि दिइएको छ।

Esewa
Crest

असोज २० गते बसेको बैठकको निर्णय नम्बर २ को कार्यान्वयन गर्ने सम्बन्धमा त्यहाँबाट भए गरेका कार्यहरुले आराध्यदेव भगवान पशुपतिनाथको पवित्र क्षेत्रको शान्ति सुरक्षामा समस्या उत्पन्न भएको बुझिन आएको पत्रमा उल्लेख छ। ‘त्यसैले परिषद् बैठकबाट भएको उक्त निर्णय कार्यान्वयनको सन्दर्भमा त्यहाँबाट गरिएका कार्यहरु परिषद्को अर्को बैठकबाट निक्यौल नभएसम्म स्थगन गर्न गराउनुहुन र त्यहाँबाट भए गरेका कार्यहरूको विषयमा छलफल गर्न मिति २०८१ कात्तिक ४ गते आइतबार बिहान ९ बजे पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक यस मन्त्रालयको बैठक कक्षमा बस्ने गरी बोलाउनुहुन पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को दफा ११ को उपदफा ११.१ बमोजिम परिषद्का अध्यक्ष एवं माननीय मन्त्रीज्यूबाट निर्देशन भएको व्यहोरा जानकारी एवं आवश्यक कार्यार्थ अनुरोध छ’, पत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS