IME Life New

समस्याग्रस्त १८ सहकारीको दायित्व फरफारक गर्न १५ दिने समयसीमा, नबुझाए कारबाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त अवस्थामा रहेका १८ सहकारी संस्थाको दायित्व फरफारक गर्न १५ दिने सूचना जारी गरेको छ।

कार्यालयले आज एक बिहीबार ती सम्रस्याग्रस्त सहकारीका सञ्चालक, व्यवस्थापक, ऋण सदस्य र कर्मचारीलाई दायित्व फरफारक गर्न उक्त समयसीमा दिइएको हो। यसअघि पनि पटक–पटक सूचना जारी गरेर तथा एसएमएससमेत गरेर दायित्व फरफारकका लागि ताकेता गर्दासमेत सम्पर्कमा नआएकोले तोकिएको अवधिभित्र दायित्व फरफारक नगरे कानुनअनुसार प्रक्रिया अघि बढाउने कार्यालयले चेतावनी दिएको छ।

Esewa
Crest

तोकिएको समयभित्र नबुझाए दायित्व बाँकी रहेका व्यक्ति र निजको एकाघर परिवारको सम्पत्ति तथा बैंक खाता रोक्का गर्ने, कालोसूचीमा राख्ने र रोक्कामा राखिएका सम्पत्ति लिलाम बिक्री गरी ऋण असुल गर्ने कार्यालयले जनाएको छ।

यस्ता दायित्व फरफारक गर्न ताकेता गरिएका समस्याग्रस्त सहकारी

  • स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट
  • प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट
  • सोसाइटल बहुद्देश्यीय
  • प्रभु बचत तथा ऋण
  • लुःनिभा बहुद्देश्यीय
  • ओरेन्टल को–अपरेटिभ
  • कनजुमर बचत तथा ऋण
  • कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट
  • भेगास बचत तथा ऋण सहकारी
  • तुलसी बहुमुखी सहकारी
  • शिवशिखर बहुद्देश्यीय सहकारी
  • हाम्रो नयाँ कृषि सहकारी
  • कृषि विकास बहुद्देश्यीय सहकारी
  • कान्तिपुर सेभिङ एन्ड क्रेडिट
  • लालीगुराँस बहुद्देश्यीय सहकारी
  • गौतमश्री बहुद्देश्यीय सहकारी
  • गोरखा सेभिङ एन्ड क्रेडिट
  • पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS