IME Life New

आजसम्म कायम शेयरधनीले अपी पावरको लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपी पावरको लाभांश सुरक्षित गर्ने आज कात्तिक १ गते अन्तिम दिन रहेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि कात्तिक २ गते बुक क्लोज गर्दैछ। यसको अर्थ आज कात्तिक १ गतेसम्म कायम शेयरधनीहरु मात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Esewa
Crest

गत आर्थिक वर्ष २०८०।८१का लागि प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले कात्तिक ११ गते काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा बिहान ११ बजे डोकेको छ। सोही सभाले पारित गरेपछि शेयरधनीहरुले लाभांश पाउनेछन्।

कम्पनीले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३२ नगद लाभांश छन्। कम्पनीको जगेडा कोष र शेयर प्रिमियममा रहेको चुक्तापुँजीको ९.५१३५ प्रतिशतबाट ५ प्रतिशत बोनस शेयर वितरण गर्ने र बाँकी रहेको ४.२५०३ प्रतिशतले हुन आउने रकम कम्पनीको जगेडा कोष वा शेयर प्रिमियममै कायम रहने कम्पनीले जनाएको छ।

सभाले अपी पावरको सहायक कम्पनी अपी इन्फ्रामा १०० प्रतिशत शेयर स्वामित्व रहने गरी लगानी गर्ने र अपी पावरको बहुमत शेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनीमा लगानी गरी न्वागाड साना जलविद्युत आयोजना (९.७ मे.वा.) निर्माण विशेष प्रस्ताव अनुमोदन गर्नेंछ।

यसैगरी अपी पावरले दार्चुला पावर कम्पनीमा लगानी गरी मध्य चमेलिया आयोजना (२८.३ मे.वा.) निर्माण गर्ने र अपी पावरको बहुमत स्वामित्व रहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकमा लगानी गरी माथिल्लो तादी खोला जलविद्युत आयोजना (११ मे.वा.)को निर्माण अन्तिम चरणमा भइरहेको उक्त लगानीलाई अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको वित्तीय विवरण स्वीकृत गर्नेछ भने चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिकसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS