IME Life New

स्याङ्जाको सुन्तला र पर्यटन प्रवर्द्धनसम्बन्धी सम्भाव्य कार्यक्रम बने सहकार्य गर्ने ढकालको प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

स्याङ्जा । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङ्जाको सुन्तला, कफी र पर्यटन प्रवर्द्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्याङ्जा जिल्ला उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अर्व रुपैयाँको लगानी कम्पनी स्थापना भएको र त्यसले काम सुरु गरिसकेको जानकारी गराउँदै स्वदेशी लगानीबाट पनि सकारात्मक सन्देश प्रववाह गर्न सकिने बताए। उनले भने, ‘जिल्ला जिल्लाका व्यावसायी साथीहरु लगानीका लागि अबसर खोजिरहनु भएको छ। त्यसलाई एकीकृत गर्ने हो भने पुँजीको कुनै समस्या हुँदैन ।’

Esewa
Crest

अध्यक्ष ढकालले भने, ‘यतिबेला बैकमा निक्षेप पर्याप्त छ, ब्याजदर निकै घटेको छ । यस्तो बेला नेपालमा नै लगानीको अबसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ ।’

ढकालले यो डेढ वर्षको अवधिमा लगानी प्रवर्द्धनका लागि देश भित्र र बाहिर आफूहरुले निरन्तर अभियान सञ्चालन गरेको जानकारी गराउँदै आफूहरुकै पहलमा सरकारले लगानीमैत्री वातावरण बनाउन ८ वटा कानुन संशोधन गरेको जानकारी गराए।

निजी क्षेत्रले उठाउँदै आएको मर्यादाक्रमको विषय, करसम्बन्धी समस्यालगायतका विषयमा आफूहरु निरन्तर लागिरहेको जानकारी ढकालले गराए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS