काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउले नयाँ कीतिमान कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ६१ हजार ८०० रुपैयाँ पुगेको छ। सुनको यो भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो।
यसअघि गत असोज १८ गते प्रतितोला छापावाल सुन १ लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। जुन हालसम्मकै उच्च थियो।
आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ९५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ९२५ रुपैयाँमा किनबेच भएको थियो।