IME Life New

अख्तियारप्राप्त अधिकारीले अब सोझै बैंकहरुसँग व्यक्ति वा संस्थाको बैंक खाता विवरण माग गर्न सक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब अख्तियारप्राप्त अधिकारीले सोझै बैंकहरुसँग कुनै पनि व्यक्ति वा संस्थाको बैंक खाता विवरण माग गर्न सक्ने भएका छन्।

नेपाल राष्ट्र बैंकले ‘बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१’मा प्रथम संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको गरेको हो। विनियमावलीमा कुनै कसुरको अनुसन्धान गर्ने अधिकारप्राप्त अधिकारीले कुनै व्यक्ति, फर्म, कम्पनी तथा संस्थाको खाता विवरण माग गर्नुपरेमा राष्ट्र बैंकमा माग गर्नुपर्ने प्रावधान रहेको छ। तर, प्रचलित कानुनबमोजिम अख्तियारप्राप्त अधिकारीले कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाको खाताको विवरण इजाजतपत्र प्राप्त संस्था (बैंक तथा वित्तीय संस्था)लाई पत्राचार गरी सोझै माग गर्न सक्ने प्रावधान विनियमावलीमा संशोधन गर्दै थप गरिएको छ।

Esewa
Crest

यसैगरी इजाजतपत्रप्राप्त संस्थामा खाता रोक्का रहेको ग्राहकले आफ्नो खाता रोक्का रहेको कारण सम्बन्धमा सूचना माग गरेमा इजाजतपत्रप्राप्त संस्थाले त्यस्तो सूचना उपलब्ध गराउनुपर्ने प्रावधान विनियवमालीमा रहेको छ। कुनै कसुरको अनुसन्धान गर्ने अधिकारप्राप्त अधिकारीले कुनै ग्राहकको इजाजतपत्रप्राप्त संस्थामा रहेको सेफ डिपोजिट भल्ट/लकर रोक्का राख्नुपर्ने भएमा राष्ट्र बैंकसमक्ष अनुरोध गर्नुपर्ने व्यवस्था पनि रहेको छ।

तर, प्रचलित कानुनबमोजिम सेफ डिपोजिट भल्ट÷लकर सोझै रोक्का गर्ने व्यवस्था भएमा अख्तियारप्राप्त अधिकारीले कुनै ग्राहकको इजाजतपत्रप्राप्त संस्थामा रहेको त्यस्तो सेफ डिपोजिट भल्ट/लकर रोक्काका लागि इजाजतपत्रप्राप्त संस्थालाई सोझै पत्राचार गर्न सक्ने प्रावधान संशोधित विनियमावलीमा थप गरिएको छ।

त्यस्तै यस विनियमावलीमा जुनसुकै कुरा लेखेको भए पनि भूलवश वा कुनै कसुर गरी कुनै व्यक्ति, फर्म, कम्पनी तथा संस्थाको खातामा रकम जम्मा गरिएको भन्ने इजाजतपत्रप्राप्त संस्थालाई लिखित÷मौखिक जानकारी प्राप्त भएमा सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले सो को यकीन गरी अल्पकालीन अवधिको लागि त्यस्तो खाता रोक्का गर्न सक्नेछन् । यसरी रोक्का राखेको खाता ४८ घन्टाभन्दा बढी अवधिका लागि रोक्का राख्न परेमा राष्ट्र बैंकमार्फत पुनः रोक्का गराउनुपर्ने प्रावधान पनि संशोधित विनियमावलीमा थप गरिएको छ।

प्रचलित कानुनको अधीनमा रही कुनै इजाजतपत्रप्राप्त संस्थामा रहेको खाता रोक्का गर्नको लागि अधिकारप्राप्त अधिकारीले सो कानुनको व्यवस्था स्पष्ट उल्लेख गरी राष्ट्र बैंकसमक्ष लिखित रुपमा अनुरोध गरेमा राष्ट्र बैंकले इजाजतपत्रप्राप्त संस्थालाई अविलम्ब खाता रोक्का गर्न निर्देशन दिने प्रावधान विनियमावलीमा रहेको छ। तर, सम्बन्धित विशेष ऐनले तोकेको अधिकार प्रयोग गरी अख्तियारप्राप्त निकायले इजाजतपत्रप्राप्त संस्थामा गरेको पत्राचारबमोजिम सोझै खाता रोक्का वा फुकुवा गर्न यस व्यवस्थाले बाधा नपर्ने र त्यस्तो पत्राचारबमोजिम कुनै खाता रोक्का वा फुकुवा भएमा सोको जानकारी इजाजतपत्रप्राप्त संस्थाले राष्ट्र बैंकलाई तत्काल उपलब्ध गराउनुपर्ने प्रावधान थप गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS