IME Life New

दाउन्ने एग्रो फार्मले आइपीओ ल्याउने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दाउन्ने एग्रो फार्मले आइपीओ ल्याउने भएको छ। आइपीओ बिक्री प्रबन्धमा कम्पनीले सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ।

बिक्री प्रबन्ध नियुक्तिसम्बसम्बन्धी सम्झौतामा आज सिटिजन्स क्यापिटल र दाउन्ने एग्रो फार्मबीच हस्ताक्षर भएको हो। सम्झौतापत्रमा दाउन्ने एग्रो फार्मका तर्फबाट कार्यकारी निर्देशक विनोद पोखरेल तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।

Esewa
Crest

सम्झौताअनुसार सिटिजन्स क्यापिटलले दाउन्ने एग्रो फार्मको साधारण शेयर निष्कासनका लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

दाउन्ने एग्रो फार्म २०७४ सालमा स्थापना भएको नेपालकै सबैभन्दा ठूलो अन्डा उत्पादन गर्ने कम्पनीे हो। जसले जर्मनी र मलेसियाबाट आयात गरिएको पूर्ण स्वचालित वाताअनुकुलित प्रविधिको प्रयोग गरी कुल ४ लाख लेयर्स कुखुराबाट प्रतिदिन १ हजार ७०० कार्टुन ‘एन्टिबायोटिक फ्री’ एवं गुणस्तरीय अन्डा उत्पादन गरी देशको अधिकांश सहरी, अर्धसहरी एवं पर्यटकीय क्षेत्रमा बिक्रीवतरण गर्दै आइरहेको छ ।

यसका साथै कम्पनीले फार्मको सम्पूर्ण गतिविधिहरुलाई अभिलेखीकरण गर्न जर्मनीमा विकसित गरिएको ईआरपी सफ्टवेयर प्रयोगमा ल्याएको छ। जसबाट कम्पनीद्वारा उत्पादित अन्डाको प्रतिइकाइ लागत गणना, बिक्री व्यवस्थापन, मौज्दात व्यवस्थापनलगाएतका सम्पूर्ण गतिविधिलाई निगरानी राख्ने गरिएको छ ।

फार्मले भविष्यमा कुल ६ लाख कुखुराबाट प्रतिदिन २ हजार ६०० कार्टुन अन्डा उत्पादन गर्ने समेत लक्ष्य राखेको छ । दाउन्ने एग्रो फार्म नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–३ सर्दी रहेको छ ।

कम्पनीमा आध्यान्त फन्ड म्यानेजमेन्टअन्तर्गतको नेपाल अपरच्युनिटी फन्ड–१ को समेत लगानी रहेको छ । सिटिजन्स क्यापिटलले कम्पनीलाई शेयर निष्कासनसम्बन्धी परामर्श र नेपाल धितोपत्र बोर्डको स्वीकृतिपश्चात प्रारम्भिक शेयर निष्कासन (आइपीओ) को प्रबन्ध गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS