IME Life New

गौशाला धर्मशाला सञ्चालन गर्न प्रशासनसँग काठमाडौं महानगरले माग्यो सुरक्षा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौँ महानगरपालिकाले गौशालामा रहेको गौशाला धर्मशाला सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग सुरक्षा माग गरेको छ।

महानगरपालिकाले मंगलबार काठमाडौं प्रशासनलाई एउटा पत्र लेख्दै गौशाला धर्मशाला सञ्चालन तथा व्यवस्थान गर्न शान्ति–सुरक्षासहित आवश्यक सहयोगका लागि अनुरोध गरेको हो । पशुपति क्षेत्र विकास कोषसँग भएको सहमतिबमोजिम धर्मशाला व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाले पाएको पत्रमा उल्लेख छ।

Esewa
Crest

काठमाडौं महानगरपालिका नगर कार्यपालिकाबाट भएको निर्णयबमोजिम पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाबीच पशुपति गौशाला धर्मशाला सञ्चालन तथा व्यवस्थापन गर्न गत असोज २२ गते लिखित सहमति भएको पत्रमा उल्लेख छ। उक्त सहमतिपत्र सञ्चालन तथा व्यवस्थापन गर्न शान्ति सुरक्षासहित आवश्यक सहयोगका लागि महानगरले आग्रह गरेको छ।

यसअघि गौशाला धर्मशाला मारवाडी सेवा समितिले सञ्चालन गर्दै आएको थियो। तर, काठमाडौं जिल्ला अदालतले गत असोज १६ गते मारवाडी सेवा समितिको दाबी नपुग्ने भन्दै धर्मशाला व्यवस्थापन गर्ने अधिकार कोषसँग निहित रहेको फैसला गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS