IME Life New

आजबाट मनकामना केबलकार ३ दिन बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चितवन । मनकामना केबलकार आज असोज २९ गतेदेखि ३ दिनसम्म बन्द हुने भएको छ। मर्मतसम्भारका लागि आगामी कात्तिक १ गते बन्द गरिने भएको हो।

मर्मतसम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि ३ दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए। उनका अनुसार केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा आउनेछ।

Esewa
Crest

यसअघि विजयादशमीको दिन असोज २६ गते र एकादशीको दिन २७ गते दुई दिन पनि केबलकार बन्द थियो। असोज २८ गते भने केबलकार सञ्चालन गरिएको थियो।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मंसिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो। केबलकारको प्रवेशद्वार ‘बटम स्टेसन’ भने चितवनको इच्छकामना गाउँपालिका ४ चेरेसमा छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS