GBIME
IME Life

आजसम्म कायम शेयरधनीले रुरु जलविद्युतको लाभांश पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रुरु जलविद्युत परियोजनाको आर्थिक वर्ष २०८०।८१ को लाभांश सुरक्षित गर्ने आज असोज २९ गते अन्तिम दिन रहेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि असोज ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज असोज २९ गतेसम्म कायम शेयरधनीहरु यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

SKYWELL
Crest

कम्पनीले प्रस्तावित लाभांश पारित गर्नका लागि आगामी कात्तिक ११ गते १९ औँ वार्षिक साधारणसभा डाकेको छ। सभा काठमाडौंको नकसालस्थित लिसारा ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्तापुँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी ०.७८९ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

सभाले बोनस वितरणपछि कायम हुन आउने चुक्तापुँजीको १ः०.८० को अनुपातमा अर्थात् ८० प्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। कम्पनीले सुम्निमा हाइड्रो पावर कम्पनीमा ५१ प्रतिशत शेयर लगानी गर्ने निर्णय गरेकोले लगानी व्यवस्थापनका लागि हकप्रद निष्कासन गर्न लागेको जनाएको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS