IME Life New

रतन टाटा र ४ विवाद, के-के छन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रसिद्ध उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा बुधबार निधन भएको छ। आफ्नो व्यापार र सामाजिक कार्यका माध्यमबाट टाटा समूहले हरेक भारतीयको घर–घरमा पुग्यो र मानिसको मनमा स्थान बनायो। त्यसैले उनको निधनमा सबैले शोक मनाएका छन्।

रतन टाटाको नाम सधैँ सम्मानका साथ लिइन्छ तर पनि उनी विवादबाट पूर्णतया टाढा रहन सकेनन्। राम्रा कामका लागि परिचित रतन टाटाले ४ वटा मुद्दामा कठिनाइको सामना गर्नुपरेको थियो। यसमा सिंगुर नानो प्लान्टमा किसानको विरोध, नीरा राडियाको फोन ट्यापिङ, तनिष्कको विज्ञापन र साइरस मिस्त्रीको नियुक्तिका घटना समावेश छन्। आखिर यी मामिला के हुन् ? सधैँ राम्रो कामका लागि परिचित रतन टाटा किन विवादमा परे ? त्यसबेला रतन टाटाले कस्तो भूमिका खेलेका थिए ?

Esewa
Crest

सिंगुर नानो परियोजनाको विरोधमा किसान आन्दोलनमा

सस्तो कारको सपना साकार पार्न रतन टाटाले नानो प्रोजेक्ट घोषणा गरेका थिए। सन् २००६ मा पश्चिम बंगालको तत्कालीन कम्युनिस्ट सरकारले टाटाको यो परियोजनाका लागि किसानबाट जग्गा अधिग्रहण गरेको थियो। तर, पश्चिम बंगालमा यो जग्गा अधिग्रहणको ठूलो विरोध भएको थियो।

पश्चिम बंगालमा तत्कालीन विपक्षी नेतृ ममता बनर्जीले किसान आन्दोलनको नेतृत्व गर्दै आमरण अनशन गरिन्। पछि यो आन्दोलनले हिंसात्मक रुप लियो। अन्ततः यो विवादपछि टाटा समूहले नानो परियोजना गुजरातमा सार्यो तर कम्पनीले त्यो जग्गा आफूसँग राख्यो।

सन् २०११ को पश्चिम बंगाल विधानसभा चुनावमा सीपीएमले हार व्यहोरेको थियो र ममता बनर्जी मुख्यमन्त्री बनिन्। मन्त्रिपरिषद्को पहिलो निर्णयमा उनले टाटाबाट जग्गा फिर्ता लिएर किसानलाई हस्तान्तरण गरेकी थिइन्।

नीरा राडिया टेप प्रकरण र लबिङको आरोप

न् २०१० मा रतन टाटा ठूलो विवादमा फसेका थिए। सीबीआईले लबिस्ट नीरा राडियाको १०० भन्दा बढी कल ट्याप गर्यो। यसमा प्रमुख राजनीतिज्ञ, उद्योगपति र पत्रकारसँग राडियाको अन्तरक्रिया समावेश थियो। यसमा रतन टाटा पनि संलग्न थिए। रतन टाटाको राडियासँगको कुराकानी लिक भएपछि ठूलो विवाद भयो। राडियाले उद्योगपति मुकेश अम्बानी र रतन टाटाका लागि काम गरेकी थिइन्।

अनुसन्धान एजेन्सीले मोबाइल टेलिफोन लाइसेन्स बिक्रीमा कथित अनियमितताको आरोपमा छानबिन गरिरहेको थियो। त्यसैअन्तर्गत राडियाको फोन आधिकारिक रुपमा अनुसन्धान एजेन्सीहरुले ट्याप गरेको थियो।

त्यसपछि रतन टाटाले सर्वोच्च अदालतमा पुगेका थिए। उनले अदालतमा यो निजी कुराकानी हो र यसलाई सार्वजनिक गर्नु आफ्नो गोपनीयताको हनन दाबी गरेका थिए।

तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले पनि यस विषयमा छानबिन गर्न आदेश दिएका थिए। फोन ट्यापिङका बारेमा मनमोहन सिंहले भनेका थिए, ‘फोन ट्यापिङलाई लिएर उद्योगका केही व्यक्तिको चिन्ताबाट म सचेत छु। तर हामी बस्ने संसारमा सरकारी निकायहरुलाई राष्ट्रिय सुरक्षा, कर छली र अवैध वित्तीय लेनदेनको मामलामा फोन ट्यापिङजस्ता शक्तिहरु चाहिन्छ।’

त्यतिबेला मनमोहन सिंहले भनेका थिए, ‘अनुसन्धान एजेन्सीहरुले यी शक्तिहरु अझ सावधानीपूर्वक प्रयोग गर्नुपर्छ। यी शक्तिहरुको दुरुपयोग हुन नदिनका लागि स्पष्ट नियम र प्रक्रिया आवश्यक छ।’

तनिष्क विज्ञापन विवाद

सन् २०२० अक्टोबरमा टाटा समूहले आफ्नो ज्वेलरी ब्रान्ड ‘तनिष्क’ को विज्ञापन हतारमा फिर्ता लिएकोमा रतन टाटाको निकै आलोचना भएको थियो। ‘एकत्वम’ (एकता) शीर्षकको गहनाको विज्ञापनमा मुस्लिम परिवारमा हिन्दु बुहारीको बच्चाको नुहाउने समारोह देखाइएको थियो। यसले सबै धर्म र राष्ट्रिय एकताको सम्मान गर्ने सहिष्णु भारतीय समाजलाई चित्रण गरेको छ। तर, विज्ञापनको आलोचना भयो र तनिष्कलाई बहिष्कार गर्न अपिल गरिएको थियो।

अन्ततः यही दबाबका कारण ‘तनिष्क’ले विज्ञापन फिर्ता लिनुपरेको थियो। कतिपयले भने जेआरडी टाटा जिउँदै भएको भए उनी यस्तो दबाबमा कहिल्यै नपर्ने प्रतिक्रिया पनि दिएका थिए।

साइरस मिस्त्रीको आरोपमा विवाद

अन्तमा रतन टाटा र साइरस मिस्त्रीसँग सम्बन्धित विवादका बारेमा कुरा गरौँ। टाटा समूहका तत्कालीन अध्यक्ष साइरस मिस्त्रीले टाटा बोर्डलाई लेखेको पत्रमा रतन टाटाले कम्पनीको मामिलामा हस्तक्षेप गरेको र आफ्ना निर्णय थोपरेको आरोप लगाएका थिए। जसका कारण रतन टाटा फेरि विवादमा परे। २४ अक्टोबर २०१६ मा साइरस मिस्त्रीलाई टाटा समूहको अध्यक्ष पदबाट एक घन्टाभन्दा कम समयको सूचनामा हटाइयो थियो। यो निर्णयले धेरै प्रश्न खडा गरेको थियो।

टाटा सन्सले मिस्त्रीको सबै दाबीलाई अस्वीकार गरेको थियो। कम्पनीले मिस्त्रीलाई पूर्ण स्वायत्तता दिएको पनि दाबी गरेको थियो। तर, रतन टाटाले टाटा समूहको प्रमुखका रुपमा नियुक्त गरेका एक व्यक्तिले आरोप लगाएका थिए। –बीबीसीबाट भावानुवादित

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS