IME Life New

यी हुन् डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम तिर्न बाँकी ४९ उद्योग, कात्तिक ८ गतेभित्र बुझाउन ताकेता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल बुझाउन बाँकी रहेका ४९ वटा उद्योगको सूची सार्वजनिक गरेको छ।

प्राधिकरणले आज एउटा सूचना जारी गर्दै ती उद्योगको सूची सार्वजनिक गरेको हो। ती उद्योगलाई आगामी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन पनि प्राधिकरणले ताकेता गरेको छ। तोकिएको समय अवधिभित्र महसुल नबुझाएमा कानुनबमोजिम असुल उपर गर्ने चेतावनीसमेत प्राधिकरणले दिएको छ।

Esewa
Crest

प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न ती उद्योगलाई ताकेता गरेको हो । यसअघि पनि पटक–पटक प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम तिर्न ताकेता गर्दै आएको थियो। तर, उद्योगीहरुले विद्युत उपभोग गरेबापतको बिल प्राधिकरणले नदिएको भन्दै बक्यौता तिर्न मानेका छैनन्।

ऊर्जा मन्त्रालयले बुधबारमात्रै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेको थियो। मन्त्रालयको यो कदमसँगै प्राधिकरणले फेरि सार्वजनिक सूचना नै निकालेर बक्यौता रकम तिर्न ताकेता गरेको हो। प्राधिकरणले बक्यौता महसुल नबुझाएका उद्योगको नाम र तिनले गणना सिटअनुसार बुझाउनुपर्ने थप दस्तुरसहितको बाँकी रकमसमेत सार्वजनिक गरेर बक्यौता बुझाउन ताकेता गरेको छ।

आंशिक प्रिमियम रकम बुझाइसकेकाको हकमा भने रकम समायोजन गरिने प्राधिकरणले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS