IME Life New

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनिलिभर नेपाल र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ युनिलिभर नेपालले असोज २८ गतेदेखि बुकक्लोज गर्दैछ भने सिटिजन्स बैंकले असोज २९ गते बुकक्लोज गर्दैछ। भोली असोज २४ गतेदेखि असोज २८ गतेसम्म दशैँ बिदाका कारण शेयर कारोबार बन्द हुने भएकोले यी कम्पनीहरुको बुकक्लोज अघिको आज अन्तिम कारोबार दिन हो। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

युनिलिभर नेपालले ३१ औँ वार्षिक साधारणसभा कात्तिक १२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको नयाँबानेश्वरस्थित एभरेष्ट होटलमा दिउँसो ४ः३० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित गत आर्थिक वर्षको मुनाफाबाट प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश अनुमोदन गर्नेछ। सभाले चालु आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदनका साथै सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।

सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १८ औँ वार्षिक साधारणसभा कात्तिक १२ गते काठमाडौंको डिल्लीबजारस्थित अमृतभोमा बिहान ९ बजे डाकेको हो।

सभाले आर्थिक वर्ष २०८०।८१ को वितरणयोग्य मुनाफाबाट २०८१ असार मसान्तको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। जसमा ४ प्रतिशतले हुन आउने ५६ करोड ८० लाख ३८ हजार ९६०.२३ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०।२१ प्रतिशतले हुन आउने २ करोड ९८ लाख ९६ हजार ७८७।३८ रुपैयाँबराबरको नगद लाभांश छन्।

सिटिजन्स बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्न र गाभिने र प्राप्तिका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। बैकको प्रबन्धपत्रमा संशोधन, बैंकको जारी पुँजी र चुक्तापुँजी वृद्धि गर्ने सम्बन्धमा र बैंकको शेयरको किसिम सम्बन्धमा प्रस्तावित व्यवस्थाहरु सभाले पारित गर्नेछ।

सभाले नियमावली संशोधनको प्रस्ताव अनुमोदन गर्नुका साथै अग्राधिकार शेयर जारी गर्नेसम्बन्धी विशेष प्रस्ताव स्वीकृति गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS