IME Life
GBIME

२७ अंकले घटेको बजारमा २०७ कम्पनीको शेयर भाउ घट्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २७ दशलमव ३९ अंकले घटेर २,६६३ को विन्दुमा कायम भएको छ । आज ३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३ सय कम्पनीको १ करोड ३ लाख ३० हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५९ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको २३ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १३ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । बुटवल पावर कम्पनीका लगानीकर्ताले ६ दशलमव ८३ प्रतिशतका दरले कमाएका छन् । मान्डु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६ दशलमव ३१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै स्टर्न हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ५० प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS