IME Life New

प्रिमियममा आइपीओ ल्याउँदै मेडिकेयर हस्पिटल, शेयरधनीलाई १५% लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेडिकेयर हस्पिटलले सर्वसाधारणलाई प्रिमियममा आइपीओ ल्याउने प्रस्तावसहित आफ्नो २७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले आउँदो कात्तिक १९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको धुम्बाराहीस्थित आकामा होटेलमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले कम्पनी रजिस्टारको कार्यालयबाट प्रबन्धपत्र र नियमावलीमा परिवर्तन भएपश्चात सर्वसाधारणमा प्रिमियममा आइपीओ ल्याउने प्रस्ताव अनुमोदन गर्नेछ। आइपीओबाट प्राप्त पुँजी उपयोगसम्बन्धी विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले हाल कायम रहेको अंकित मूल्य १०० रुपैयाँको शेयर पुँजीलाई अंकित मूल्य ५० रुपैयाँमा विभाजन गरी प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले आर्थिक वर्ष २०८०।८१ का लागि सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम सञ्चित रकमसमेतबाट चुक्तापुँजीको १५ प्रतिशतले हुने करसहितको नगद लाभांश ६ करोड ७५ लाख रुपैयाँ वितरण गर्ने प्रस्ताव सभाले स्वीकृत गर्नेछ।

सभाबाटै उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत हुनेछ भने चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

33%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS