GBIME
IME Life

सीईडीबी हाइड्रोपावरको एजीएमबाट बोनश र हकप्रदको प्रस्ताव अनुमोदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण सभा आज असोज २१ गते सम्पन्न भएको छ । सभा कालिमाटी ब्याङ्क्वेट, कालिमाटी, काठमाडौँमा सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनश शेयर वितरण गरेपछि हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने र बोनश शेयर वितरणपछि ५४.५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको थियो । सो प्रस्ताव पारित गरेको छ ।

SKYWELL
Crest

सभाले सञ्चालक समिितको आर्थिक वर्ष २०७९/ ८० र २०८०/ ८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । लेखा परीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९ /८० को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विततरणमा छलफल गरी पारित गरेको छ । आर्थिक वर्ष २०८०/ ८१ को लागि नियुक्त लेखा परीक्षक तथा नीजको पारिश्रमिक अनुमोदन गरेको छ । स्वतन्त्र सञ्चालक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

सभाले बोनश वितरण र हकप्रद निष्काशनको प्रस्तावसँगै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS