काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । आज शेयर बजार ५६ अंकले बढेर २,६५३ को विन्दुमा कायम भएको छ । आज २१९ कम्पनीको शेयर मूल्य बढेको छ भने २३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । मध्ये भोटेकोशीका लगानीकर्ताले ९ दशलमव ७६ प्रतिशतका दरले कमाएका छन् । स्टर्न हाइड्रोपावरका लगानीकर्ताले ९ दशलमव ६८ प्रतिशतका दरले कमाएका छन् ।