IME Life New

दसैँका लागि आजबाट खसीबोका र च्यांग्रा बिक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि आज आइतबारदेखि खसीबोका र च्यांग्राको बिक्री खुला गरेको छ।

कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार कम्तीमा नवमीको दिनसम्म खसी, बोका र च्यांग्रा थापाथलीस्थित कम्पनीको प्रादेशिक कार्यालयमात्र बिक्री खुला गरिएको हो। कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँ बिक्री गर्नेछ। च्यांग्रा प्रतिकेजी १ हजार २३० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुुट दिएर १ हजार २२० रुपैयाँ बिक्री गरिने न्यौपानेले जानकारी दिइन्।

Esewa
Crest

न्यौपानेका अनुसार शनिबारसम्म हेटौँडाबाट पहिलो चरणमा २०८ खसीबोका भित्रिएको छ। ‘बाँकी आउने क्रममा छ’, उनले भने, ‘३०० च्यांग्रा मुस्ताङबाट भित्रिसकेको छ।’

कम्पनीले यसपालि दसैँमा १ हजार ५०० खसीबोका र ३०० च्यांग्रा बिक्री गर्ने लक्ष्य राखेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS