IME Life New

काठमाडाैं र ललितपुरसहित १४ वटा जिल्ला विपद संकटग्रस्त क्षेत्र घोषित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले बाढी पहिरो प्रभावित जिल्लाका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले तुलनात्मकरूपमा बढी क्षति भएका जिल्लाका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।

खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवका अनुसार काभ्रे, काठमाडौँ, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, सिन्धुली लगायत जिल्लाका प्रभावित स्थानीय तहलाई सरकारले विपद् संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको छ। यसैगरी बाढी पीडितको अस्थायी पुनर्बास र राहतका लागि १ अर्ब रूपैयाँ उपलब्ध गराउने निर्णय समेत बैठकले गरेको छ।

Esewa
Crest

मन्त्रिपरिषद् बैठकअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले १४ वटा जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणाका लागि मन्त्रिपरिषदसमक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS