काठमाडौं । चालु आर्थि वर्ष २०८१।८२ को हालसम्म विभिन्न कम्पनीको करिब साढे ३ करोड कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थपिएको छ।
नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा नेप्सेमा विभिन्न १० कम्पनीका ३ करोड ४५ लाख २९ हजार ७८९.१३ कित्ता बोनस शेयर सूचीकृत भएको हो। अंकित मूल्यमा सूचीकृत भएका ती शेयरको भाउ ३ अर्ब ४५ करोड २९ लाख ७८ हजार ९१२.७२ रुपैयाँ रहेको छ।
धितोपत्र बोर्डबाट गत साउन १४ गतेदेखि असोज ७ गतेसम्म ती कम्पनीका बोनस शेयर सूचीकरणका लागि स्वीकृत भएको देखिन्छ। ती कम्पनीमध्ये दुईवटा जीवन बीमा, एउटा निर्जीवन बीमा, एउटा हाइड्रोपावर, एउटा पुनर्बीमा कम्पनी, दुईवटा लगानी, दुईवटा विकास बैंक र एउटा लघुवित्त समूहका कम्पनी छन्।