IME Life New

नारायणघाट-काठमाडौं सडकखण्ड ट्रेलरलगायत ठूला सवारीसाधन चलाउन प्रतिबन्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यातायात व्यवस्था विभागले चितवनको नारायणघाटदेखि काठमाडौंसम्मका सडकमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलरलगायतका ठूला सवारीसाधन चलाउन प्रतिबन्ध लगाएको छ।

विभागले सूचना निकालेर ट्रेलरलगायतका ठूला सवारीसाधन असोज १७ गते घटस्थापनादेखि कात्तिक १ गते पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय भएको जनाएको छ। ‘विभागले दसैँका बेला काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने यात्रुलाई सहज र सुरक्षित यात्राका लागि यस्तो निर्णय लिनुपरेको छ’, सूचनामा भनिएको छ, ‘तर, खाद्यान्नलगायतका अत्यावश्यक सामान बोकेका ढुवानीका सवारीसाधन भने चल्न पाइनेछ’, सूचनामा भनिएको छ।

Esewa
Crest

प्रचलित कानुनबमोजिम आयातित मालबाहक सवारीको हकमा भन्सार प्रज्ञापन पत्र र निर्यातित मालबाहक सवारीको हकमा नियमअनुसारको राजश्व तिरेको रसिद हेरेर तेस्रो मुलुकका आयात–निर्यातजन्य ढुवानीका साधन भन्सार कार्यालय बन्द रहने अवधिबाहेक नारायणगढ–काठमाडौं सडकखण्डमा आवतजावतमा रोक नलगाउने पनि विभागले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS