IME Life New

प्रिमियममा आइपीओ ल्याउन लागेको मारुती सिमेन्ट्सले डाक्यो एजीएम, के-के छन् अजेन्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रिमियममा आइपीओ ल्याउन लागेको मारुती सिमेन्ट्सले आफ्नो ३० औँ वार्षिक साधारणसभा (एजीएम) डाकेको छ।

कम्पनी सञ्चालक समितिले आउँदो कात्तिक ११ गते वार्षिक साधारणसभा डाकेको हो। सभा विराटनगरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफा तथा सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई चुक्तापुँजीको ४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव अनुमोदन गर्नेछ।

ञ्चालक समितिको निर्णयबाट विभिन्न बैकहरुबाट लिइएको ऋण अनुमोदन तथा स्वीकृत गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। आर्थिक वर्ष २०८०।८१ मा सञ्चालक समितिबाट भएका निर्णयहरु पनि सभाले अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षमा सञ्चालक समितिले संस्थागत सामाजिक उत्तदायित्वअन्तर्गत प्रदान गरेको १ लाख रुपैयाँभन्दा माथिको रकम स्वीकृत गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय सभाले पारित गर्नेछ।

कम्पनीले गत वर्ष पुस २६ गते आइपीओ अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २७७ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३७७ रुपैयाँको दरले आइपीओ ल्याउन अनुमति मागेको छ।

धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले १ करोड १६ लाख कित्ता साधारण शेयर निष्कासन गर्नेछ। यसबाट कम्पनीले ४ अर्ब ३७ करोड ३२ लाख रुपैयाँ उठाउनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS