IME Life
GBIME

नेप्सेमा २६ अंकको गिरावट हुँदा १८७ कम्पनीको शेयर मूल्य घट्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हिजो भारी अंकले बढेको बजारमा आज दोहोरो अंकको गिरावट आएको छ । आज शेयर बजार नेप्से परिसूचक २६ दशलमव ०७ अंकले घटेर २,५९७ को विन्दुमा कायम भएको छ । आज ५४ कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१० कम्पनीको १ करोड ५१ लाख ९९ हजार ७६३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७७ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २० करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १७ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गुडविल फाइनान्सको १५ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । स्वरोजगार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ९६ प्रतिशतका दरले कमाएका छन् । स्र्टन हाइड्रोपावरका लगानीकर्ताले ९ दशलमव ४५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS