IME Life New

बैंकिङ प्रणालीमा पैसा थुप्रिएको थुप्रियै, राष्ट्र बैंकले तानेको तान्यै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा निक्षेप थुप्रिने क्रम जारी नै रहेको छ। प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले पनि निक्षेप संकलन उपकरण प्रयोग गर्दै खिचेको खिच्यै गरिरहेको छ।

गत आइतबार (असोज १३ गते)सम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६५ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ। यो एक दिनमै निक्षेप १२ अर्ब रुपैयाँले बढेको छ।

Crest

असोज १३ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी भने ५२ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनको कर्जा लगानी पनि ४ अर्ब रुपैयाँले बढेको छ।

असोज १३ मा बैंक तथा वित्तीय संस्थाको औसत सीडी रेसियो ७८.५१ प्रतिशत रहेको छ। नियामकीय प्रावधानअनुसार औसत सीडी रेसियो ९० प्रतिशतसम्म कायम गर्न पाइन्छ। कर्जा लगानीको तुलनामा निक्षेप बैंकमा थुप्रिएपछि सीडी रेसियो निकै तल आएको छ। अन्तरबैंक ३ प्रतिशतको हाराहारीमा छ।

बैंकिङ प्रणालीमा पैसा थुप्रिएपछि अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई निकै सकस परेको छ। बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा राष्ट्र बैंकले खिच्ने गर्छ भने तरलता कम हुँदा पैसा पठाउने गर्छ।

असोज महिना लागेयता केन्द्रीय बैंकले तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट ५ पटक निक्षेप संकलन उपकरण प्रयोग गरे पैसा तानेको छ। असोजयता उक्त उपकरणमार्फत राष्ट्र बैंकले १ खर्ब ८५ अर्ब रुपैयाँ तान्न बोलकबोल गरेको छ। यद्यपि कम ब्याजदर राख्न बैंकहरुले नचाहेका कारण राष्ट्र बैंकले तान्न खोजेजति पैसा खिच्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS