IME Life New

हाथवे इन्भेस्टमेन्टको वार्षिक साधारणसभा आह्वान, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ शेयरधनी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाथवे इन्भेस्टमेन्ट नेपालले आफ्नो १६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा कात्तिक २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १० बजेबाट हुनेछ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०८०।८१ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब २८ करोड ७० लाख रुपैयाँको कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। प्रस्तावित लाभांशमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश छन्।

सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ भने चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति रनिजको पारिश्रमिक निर्धारणसम्बनधी प्रस्ताव अनुमोदन गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले कात्तिक ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक ७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु मात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS