IME Life New

४४ अंकले बढ्यो नेप्से, २१० कम्पनीको शेयर भाउमा बृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  आज शेयर बजार भारी अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ४४ दशलमव ४५ अंकले बढेर २,५०८ को विन्दुमा कायम भएको छ । आज २१० कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१९ कम्पनीको ९७ लाख १७ हजार ९५९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७१ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सीएचडीसीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

सर्वोत्तम सिमेन्टको १५ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १५ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सीएचडीसीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । कुमारी सबल योजनाका इकाईधनीले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । यूनाइटेड मोदी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ५८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै प्रभु सेलेक्ट फन्डका इकाईधनीले गुमाएका छन् । आज यस फन्डका इकाईधनीले ९ दशलमव ३६ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS