काठमाडौं । माण्डु हाइड्रोपावरले १३औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । सभा काठमाडौंको नयाँबजारस्थित नेपा बैंक्वेटमा सम्पन्न भएको कम्पनीले जनाएको छ।
कम्पनीले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशतले हुन आउने १६ करोड ३६ लाख ३६ हजार ४४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीको सभाले सो प्रस्ताव अनुमोदन गरेको छ ।
प्रचलित कानुनबमोजिम कर कट्टी गरी नगद लाभांश वितरण गरिने कम्पनीले जनाएको छ। सोही सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।
सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असारसम्मको वासलात र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित पारित गरेको छ ।