IME Life New

रामेछापमा अत्यावश्यक सेवाका लागि मात्रै पेट्रोल पम्पबाट इन्धन बिक्री गर्ने निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जिल्ला विपद् व्यवस्थापन समिति रामेछापले स्थानीय प्रशासनको सिफारिसमा मात्रै पेट्रोल पम्पबाट अत्यावश्यक सेवाका लागि इन्धन बिक्रीवितरण गर्नें निर्णय गरेको छ।

समितिको आज बसेको बैठकले रामेछाप जिल्लामा रहेका पेट्रोल पम्पबाट जिल्लाा प्रशासन कार्यालयको सिफारिसमा मात्रै अत्यावश्यक सेवाका लागि इन्धन बिक्रीवितरण गर्ने निर्णय गरेको हो। जिल्ला भित्रिने मुख्य तथा सहायक सडक मार्गहरु अवरुद्ध भएको हुँदा सडक मार्गहरु सञ्चालन गर्न साथै विपद् प्रतिकार्यका लागि जेसीबी, स्काभेटरलगायतका उपकरण सञ्चालन गर्नका लागि पेट्रोलिम पदार्थको अभाव हुने भएकोले जिल्लास्थत सबै पेट्रोल पम्पबाट जिल्ला प्रशासन कार्यालयको सिफारिसमा मात्र अत्यावश्यक सेवाका लागि मात्र बिक्रीवितरण गर्ने निर्णय समितिले गरेको छ।

Esewa
Crest

यसैगरी असोज १० गतेदेखि परेको अविरल वर्षाका कारण जिल्लामा घटेका विपद्धन्य घटना र त्यसको प्रतिकार्यको अवस्थाका बारेमा समीक्षा समितिले गरेको छ। जिल्लालाई जोड्ने महत्वपूर्ण रुपमा रहेको खुर्कोटस्थित पक्की पुल सुनकोशीमा आएको बाढीका कारण क्षति भई मन्थली–सेलेघाट–खुर्कोट सडकमार्ग पूर्ण रुपमा बन्द भएको हुँदा आवागमनलाई सहज बनाउनका लागि मन्थली–पकरवास–सित्खा तत्काल सञ्चालन गर्नका लागि स्थानीय तह, पूर्वाधार विकास कार्यालय, सडक डिभिजन कार्यालयलगायतका निकायहरुले तत्काल मर्मत गरी सञ्चालनमा ल्याउने निर्णय समितिले गरेको छ। उपर्युक्तानुसार सञ्चालनका लागि आवश्यक सहयोग सबै सरोकारवाला निकायले उपलब्ध गराउने पनि समितिले निर्णय गरेको छ।

समितिले असोज १२ गतेको वर्षाका कारण जिल्लामा टेलिफोन, विद्युत, इन्टरनेट लगायतका सेवाहरु अवरुद्ध भएको हुँदा तत्काल सुचारु गर्न सम्बन्धित निकायहरुले कार्य अगाडि बढाउने र अन्य सरोकारवालाहरुले आवश्यक सहयोग गर्ने निर्णय गरेको छ।

त्यस्तै सुनकोशी नदीमा आएको बाढीका कारण सिन्धुली जिल्ला र रामेछाप जिल्ला जोड्ने खुर्कोट र खैरेनी घाटमा रहेको पक्की पुल बगाएको हुँदा उक्त दुवै पुलहरु तत्काल वेलीब्रिज निर्माणका लागि गृह मन्त्रालयमार्फत नेपाल सरकार, भौतिक पूर्वाधार मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ।

हालैको दिनको अविरल वर्षाका कारण पुल तथा सडक मार्ग अवरुद्ध भई जिल्ला आवतजावत असहज भएको हुँदा यस आपतकालीन अवस्थामा आकस्मिक व्यवस्थापनका लागि काठमाडौँ–मन्थली उडान सञ्चालन गर्नका लागि गृह मन्त्रालयमार्फत सस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालय र विभिन्न एयरलाइन्सलाई अनुरोध गर्ने समितिले निर्णय गरेको छ।

समितिले विपद्बाट प्रभावितहरुलाई आत्यावश्यक सामग्रीहरुको व्यवस्थापनका लागि सबै स्थानीय तह, राजनीतिक दल, सरकारी तथा गैरसरकारी कार्यालय, संघसंस्था सबैलाई अनुरोध गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS