IME Life New

बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या १४८ पुग्यो, ५५ जना अझै बेपत्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या करिब डेढ सय पुगेको छ।

नेपाल प्रहरीका अनुसार शुक्रबार र शनिबारको वर्षाका कारण आएको बाढीपहिरोमा मृत्यु हुनेको संख्या १४८ पुगेको हो। बाढीपहिरोमा परेर अझै ५५ जना बेपत्ता रहेकोले खाजी भइरहेको प्रहरीले जनाएको छ। १०१ जना घाइते भएका छन्।

Esewa
Crest

हाल तीनवटै सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना) बाढीपहिरोग्रस्त क्षेत्रमा उद्धाका लागि खटिएका छन्। हालसम्म सुरक्षाकर्मीले ३ हजार ६६१ जना बढीको उद्धार गरिसकेको छ। उद्धार गरिएकाहरुलाई विभिन्न ठाउँबाट नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको छ।

काठमाडौं भित्रिने नाका पृथ्वी राजमार्गस्थित धादिङको झ्याप्ले खोलामा पहिरो जाँदा यातायाता अवरुद्ध छ। त्यहाँ पहिरोले ४ वटा गाडी पुरेको थियो। घटनास्थलबाट हालसम्म ३५ जनाको शव निकालिएको प्रहरीले जनाएको छ।

उता बीपी राजमार्गको विभिन्न स्थानमा पहिरो गएर यातायात अवरुद्ध भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS