काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आज शेयर बजार नेप्से परिसूचक २२ दशलमव ३६ अंकले घटेर २,४६४ को विन्दुमा कायम भएको छ । आज ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२७ कम्पनीको १ करोड ३ लाख ११ हजार ८८५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १५ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडीसीको १५ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको १३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ५५ प्रतिशतका दरले कमाएका छन् । कुमारी सबल योजनाका इकाईधनीले ६ दशलमव ४९ प्रतिशतका दरले कमाएका छन् । इङवा हाइड्रोका लगानीकर्ताले ५ दशलमव ४६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै अपर स्याङ्गे हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।