IME Life New

दराज नेपालद्वारा दशैं धमाका क्याम्पेनको घोषणाः ७०% सम्म छुट, फ्री डेलिभरी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। देशकै अग्रणी अनलाइन सपिङ प्लेटफर्म, दराज नेपालले चाडपर्वको मौसम लक्षित गर्दै बहुप्रतिक्षित दशैं धमाका क्यम्पेनको घोषणा गरेको छ। छुट तथा सुविधाका लागि निकै प्रतिक्षित यस अभियान अन्तर्गत उपभोक्ताले ७०५ सम्मको अविश्वसनीय फ्ल्यास सेल छुट, निःशुल्क होम डेलिभरी र पूर्व भुक्तानीमा रु २ हजार सम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् ।

यो क्याम्पेन असोज ११, २०८१ देखि कार्तिक १, २०८१ सम्म चल्नेछ । साथै, क्याम्पेनमा सहभागी एक जना भाग्यशाली खरिदकर्ताले वानप्लस नर्ड सीईथ्री फाइभजी जित्नेछन् । त्यसैगरी, अन्य तीन जनाले सेटाफिलका तर्फबाट रु १० हजार बराबरको आकर्षक गिफ्ट ह्याम्पर जित्ने मौका पाउने कम्पनीले जानकारी दिएको छ ।

Esewa
Crest

उत्पादनहरूको विस्तृत श्रृंखला तथा डिलहरू प्रदान गर्ने ब्रान्डहरूको विशाल चयनका साथ, दशैं धमाका शपिंगका लागि अभूतपूर्व आकर्षक गन्तव्य हो । क्याम्पेन अवधिभर उपभोक्ताहरुले आइविबी, एंकर, एक्वालोजिका, सेताफिल, सिलेन्स्टा, डोभ, सर्फ एक्सेल लगायत सह-प्रायोजकहरुका तर्फबाट उपलब्ध गरिएका अविश्वसनीय डिलहरूको मज्जा लिन सक्नेछन् । त्यस्तै अस्टावोल्फ, मामाअर्थ, नेपाल टी एक्स्चेन्ज, रोट्टो मेन्थालेटम, स्ल्याजेन्गर, टेक्नो, ह्वाइट मून, एक्स्–एज लगायत ब्रान्ड साझेदारहरूका तर्फबाट विशेष अफरहरु पनि उपलब्ध गराउने जानकारी दिइएको छ।

क्याम्पेन अवधिभर डेबिट कार्ड मार्फत आफ्नो अर्डरको लागि अग्रिम भुक्तानी गर्ने ग्राहकहरूले रू। १ हजार ५ सय सम्म १५५ छुटको मजा लिन सक्नेछन् । साथै, क्रेडिट कार्ड प्रयोग गर्नेहरूले रु २ हजार सम्म २० प्रतिशत सम्मको छुटबाट लाभ उठाउन सक्नेछन् । यो अफर नबिल बैंक, हिमालयन बैंक, सानिमा बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक र ज्योति विकास बैंकका कार्डहरूमा मान्य हुनेछ । त्यसैगरी ईसेवा, आईएमई पे वालेट प्रयोगकर्ताहरूले आफ्नो अर्डरमा १५५ छुट सुविधा पाउनेछन् । खरिदकर्ताहरूलाई दराज भाउचरहरू प्रयोग गरी कुल रु। २ करोड सम्मको छुट पाउन सकिने सुविधाका साथै आफ्ना खरिदमा फ्ल्याट रु १० हजार छुट प्राप्त गर्ने अवसर समेत उपलब्ध गरिनेछ ।

पछिल्ला संस्करणको लोकप्रियतालाई दृष्टिगत गर्दै, दशैं धमाकाले न्यूनतम रु। ४ सय ९९ खर्च गर्दा छानिएका बिक्रेताहरू मार्फत चुनिएका उत्पादनहरूमा घरदैलो सम्म निःशुल्क होम डेलिभरीको सुविधापनि प्रदान गर्ने जानकारी दिइएको छ । “फ्री डेलिभरी“ सुविधाको उपभोग गर्न दराज एपको होमपेजमा रहेको “फ्री डेलिभरी“ ब्यानरमा क्लिक गर्नुपर्ने हुन्छ ।

दशैं धमाका क्याम्पेनको मुल उद्देश्य छुट र बचत मात्र नभइ एक बेजोड अनलाइन किनमेल अनुभव प्रदान गर्नु रहेको कम्पनीको भनाइ छ । दराज नेपालले सबैलाई दशैं उत्सवमा सहभागी हुन र यी अभुतपूर्व प्रस्तावहरूको अधिकतम लाभ लिन आमन्त्रित गरेको छ ।

सन् २०१५ मा स्थापित, दक्षिण एसियाकै अग्रणी ईकमर्स प्ल्याटफर्म “दराज”, नेपाल लगायत पाकिस्तान, बंगलादेश, श्रीलंका र म्यानमारमा पनि सञ्चालनमा रहेको छ। ५ सय मिलियन जनसंख्या सहित द्रुत गतिमा बढ्दो क्षेत्रलाई लक्षित गर्दै यसले विक्रेता तथा उपभोक्ताहरूलाई अत्याधुनिक मार्केटप्लेस टेक्नोलोजी प्रदान गर्दछ। ईकमर्स, उत्पादनको ढुवानी, भुक्तानी र वित्तीय सेवाहरू समेट्ने एकीकृत पूर्वाधार निर्माण गरेर, कम्पनीले अदृतीय, व्यक्तिगत किनमेल अनुभव प्रदान गर्ने र वाणिज्यको शक्ति मार्फत दक्षिण एसियाली समुदायहरूलाई नै समृद्धिपथमा लैजाने लक्ष्य बोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS