IME Life New

बोनस शेयर पाउन करबापतको रकम तिर्न शेयरधनीलाई सूर्योदय वोमी लघुवित्तको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले बोनस शेयर पाउन करबापतको रकम तिर्नु शेयरधनीहरुलाई आग्रह गरेको छ।

संस्थाले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको छ। गत साउन ३२ गते सम्पन्न संस्थाको आर्थिक वर्ष २०७९।८० को १२ औँ वार्षिक साधारणसभाबाट १४.००५१४३ प्रतिशत बोनस शेयर अनुमोदन गरेको थियो।

Esewa
Crest

सोही बोनस शेयर पाउन कम्पनीको शेयर रजिस्ट्रार कुमारी क्यापिटल वा कुमारी बैंकको कुनै पनि शाखामा गर करबापतको रकम यकिन गरेर खाता नं. १२९००९८४०७२०००६५ मा जम्मा गर्न सकिने सूचनामा उल्लेख छ।

बुक क्लोजको समयमा शेयर रोक्का रहेका शेयरधनीको बोनस शेयर फुकुवापत्र प्राप्त भएपछि मात्र बोनस शेयर खातामा पठाइने संस्थाले जनाएको छ। थप सार्वजनिक निष्कासन (एफपीओ)मार्फत बाँडफाँटमा परेका शेयरधनीहरुले समेत बोनस शेयर प्राप्तका लागि करबापतको रकम बुझाउपर्ने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS