IME Life New

काठमाडौं विश्वविद्यालयमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं विश्वविद्यालयमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन हुँने भएको छ । विश्वविद्यालय र बहुजातीय साहित्य सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द सोसाइटी फर द स्टडी अफ द मल्टि इथ्निक लिटरेचर अफ द वर्ल्डको संयुक्त आयोजनामा २०८१ असोज ११ गतेदेखि १३ गते ९सेप्टेम्बर २७ देखि २९, २०२४० सम्म काठमाडौँ विश्वविद्यालयमा २५औँ अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन आयोजना हुने भएको हो ।

समय र स्थानको सीमा नाघ्दै साहित्यिक सम्बन्धहरूलाई सुदृढ पार्ने उद्देश्यकासाथ विश्वभरका सांस्कृतिक साहित्य अनुसन्धाता, लेखक, प्राध्यापक, समीक्षक र विद्यार्थीहरू सदस्य रहनेअन्तर्राष्ट्रिय संस्था मेलो सन् १९९७ मा स्थापना भएको विद्वत् सञ्जाल हो ।

Esewa
Crest

प्रा. मञ्जु जाइड्का, जो आफै पनि प्रतिष्ठित शैक्षिक व्यक्तित्व र MELOWकीअध्यक्ष हुन् । उनी भारतबाट विद्वानहरूको टोलीसहित नेपाल आइसकेका छन् ।

‘मेलो’ सम्मेलनमा साहित्य र प्राकृतिक परिवेशको सम्बन्धलाई प्रगाढ रुपले चित्रण गर्दै प्राकृतिक परिवेशको बुझाइले मानव जीवनमा के-कस्ता प्रभाव पार्छन् भन्नेलगायतका विषयमा छलफल हुनेछ। यो अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलनमा करिब ८० राष्ट्रिय र एक सय २० अन्तर्राष्ट्रिय गरी जम्मा दुई सय सहभागीहरू रहने छन् भने करिब एक सय २० वटा कार्यपत्रहरू प्रस्तुत हुनेछन्।

सम्मेलनको उद्घाटनमा भारतको दिल्ली विश्वविद्यालयका प्रा। कृष्णन उन्नी र नेपालको सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा। अम्मराज जोशीले मुख्य सम्बोधन गर्नेछन्। सम्मेलनमा साहित्य र यसको प्रकृतिसँगको सम्बन्धमा केन्द्रित रहेर प्रा.कृष्णचन्द्र शर्मा, प्रा. आनन्द शर्मा, प्रा.रामचन्द्र पौडेल र प्राध्यापक जीवलाल सापकोटा लगायतको समूह छलफल विशेष आकर्षणका रूपमा रहनेछन्।

प्रस्तुत कार्यपत्रहरूले वातावरण, पहिचान, आध्यात्मिकता, काल्पनिकता, वनबाटिका, वन्यजन्तु तथा प्राकृतिक दृश्य र सौन्दर्य जस्ता उप शिर्षकहरूमा भएका अनुसन्धानहरूको चर्चा गर्दै साहित्यिक कृति र जनजातीय परम्पराहरूको विभिन्न पृष्ठभूमिलाई उजागर गर्नेछ।

सम्मेलनमा पहाड र पर्वतारोहण, समतल क्षेत्र र सम्भावनाहरू, मरुभूमि, उजाडपन, रहस्य, जोखिम, नदी र तिनिहरूका प्रतिबिम्बहरू, महासागरहरू तथा नियात्रा जस्ता विषयहरू समेत समेटिनेछन्।

सम्मेलनले साहित्य, संस्कृति लगायत परिस्थिति र परिवेशको सम्बन्धलाई नयाँ बौद्धिक दृष्टिकोणबाट हेर्दै मानव, संस्कृति र पर्यावरणको सम्बन्धको खोज र विश्लेषणमा नयाँ दिशा दिने विश्वास लिइएको छ।

यसका अलावा मान्छेहरुको आधुनिक प्रविधिसँग बढिरहेको निकटताबीचको सम्बन्धर विश्वभर फैलिएको व्यवसायिकीकरणको बढ्दो प्रभावलाई समेत सम्मेलनले प्राथमिकता दिनेछ।

त्यसैगरी यस्ता सम्बन्धहरूलाई नयाँ दृष्टिकोणबाट पुनस् समीक्षा गर्न समेत यो सम्मेलनले उत्प्रेरित गर्नेछ। ‘मेलो अन्तर्राष्ट्रिय सम्मेलन’ले देश(विदेशमा रहने विद्वानहरूलाई छलफलमा समेटेर नयाँ प्रवृत्तिहरूबीच देखापर्ने बौद्धिक जिज्ञासा, अन्तरक्रिया र बहसको संस्कृति विकास गर्दै विद्यमान विचारधारा र साहित्यिक सिद्धान्तहरूको दायरालाई मजबुत बनाउने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS