IME Life New

मध्य भोटेकोशी जलविद्युतको ५ करोड १३ लाख कित्ता शेयरको लकइन सकिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको ५ करोड १३ लाख कित्ता बढी शेयरको लकइन अवधि सकिन लागेको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गरी आउँदो कात्तिक ११ गतेबाट ५ करोड १३ लाख ६० हजार कित्ताको लकइन सकिने जानकारी गराएको छ। त्यसपछि यो शेयर कारोबारमा आउनेछ।

Esewa
Crest

कम्पनीले आइपीओ निष्कासन गरेर बाँडफाँट गरेको मिति २०७८ कात्तिक १२ गतेबाट संस्थापक, कर्मचारी र स्थानीयको शेयर ३ वर्षका लागि लकइनमा राखेको थियो। लकइनमा संस्थापक शेयरधनीको ३ करोड ६ लाख कित्ता, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका सञ्चयकर्ता कर्मचारीको १ करोड १७ लाख कित्ता, संस्थापक शेयरधनी संस्थाका कर्मचारीको २१ लाख कित्ता, ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष)का कर्मचारीको ६ लाख कित्ता, आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयको ६० लाख कित्ता र कम्पनीका कर्मचारीको ३ लाख ६० हजार कित्ता रहेको छ।

कम्पनीको सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीले भने खरिदबिक्री गर्न पाउने छैनन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS