IME Life New

सानिमा रिलायन्स लाइफसहित दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफ लाइफ इन्स्योरेन्स र साहस ऊर्जाको लाभांश सुरक्षित गर्ने आज असोज १० गते अन्तिम दिन रहेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ सानिमा रिलायन्सले भोलि असोज ११ गते र साहस ऊर्जाले असोज १३ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज असोज १० गतेसम्म कायम शेयरधनीहरु यी दुवै कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

Esewa
Crest

सानिमा रिलायन्सले सातौँ वार्षिक साधारणसभा असोज २३ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौँको नयाँबानेश्वर शंखमूलस्थित अनमोल ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७९।८० का लागि प्रस्तावित चुक्तापुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँको कुल १८.३८११ प्रतिशतले हुन आउने ७६ करोड ९० लाख ६५ हजार २२४ रुपैयाँबराबरको बोनस शेयर अनुमोदन गर्नेछ। सानिमा लाइफ र रिलायन्स लाइफ आपसमा गाभिई एकीकृत कारोबार सुरु भएको मिति २०७९ चैत ९ गतेदेखि २०८१ असोज १० गतेसम्म कम्पनीको शेयर नियमानुसार खरिदबिक्री दर्ता खारेज भई नयाँ कायम हुन आएका शेयरधनीहरुले नियमानुसार प्राप्त गर्ने बोनस शेयरमा आयकर ऐन, २०५८ बमोजिम लाग्ने लाभांश कर रकम दाखिला भएपछि सम्बन्धित शेयरधनीको डिम्याट खातामा बोनस शेयर दाखिला हुने कम्पनीले जनाएको छ।

बोनस शेयर जारीपछि चुक्तापुँजी वृद्धि भएर ४ अर्ब ९५ करोड ३० लाख ६५ हजार २२४ रुपैयाँ पुर्याउने र सोहीबमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनिन सभाले अनुमोदन गर्नेछ। पारित सामान्य तथा विशेष प्रस्ताव स्वीकृतिका लागि पेस हुँदा नियमनकारी निकायबाट कुनै विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन वा कैफियत प्राप्त भएमा सोसमेत मिलाई संशोधन वा परिवर्तन गर्न तथा अन्य कार्यहरुसमेत गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

सभाले आर्थिक वर्ष २०७९।८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने अजेन्डा पनि सभाले अनुमोदन गर्नेछ।

सभाले सञ्चालक समितिमा संस्थापक समूहका तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्तिको अनुमोदन गर्नेछ।

यसैगरी साहस ऊर्जाले आउँदो कात्तिक ४ गते २०७७।७८ देखि २०८०।८१ सम्मको संयुक्त वार्षिक साधारणसभा गर्दैछ। सभा काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेबाट हुनेछ।

सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ३ अर्ब ५० करोड रुपैयाँको कुल ८.४२१ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ८ प्रतिशतले हुन आउने २८ करोड रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.४२१ प्रतिशत हुन आउने १ करोड ४७ लाख ३६ हजार ८४२.११ प्रतिशत नगद लाभांश छन्।

सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ः१ अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। जसअनुसार बोसन शेयर वितरणपछि कायम हुने चुक्तापुँजी ३ अर्ब ७८ करोड रुपैयाँको कुल ३ अर्ब ७८ करोड रुपैयाँबराबरकै हकप्रद शेयर जारी गरिने कम्पनीले जनाएको छ।

बोनस शेयर र हकप्रद शेयर जारी पनि कम्पनीको चुक्तापुँजी ७ अर्ब ५६ करोड रुपैयाँ पुग्नेछ। सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सोही ती सबै आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ भने चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ। सभाले स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्नेछ।

सोही सभाले संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS