काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ४९ दशलमव १८ अंकले बढेर २,५१९.५७ को विन्दुमा कायम भएको छ । आज २२३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८ कम्पनीको मूल्य १८ घटेको छ ।
आज ३२७ कम्पनीको १ करोड २४ लाख ९८ हजार ९८९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिजोको तुलनामा कारोबार रकम आज घटेको हो । आज ङादी ग्रुप पावरको सबैभन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको १५ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोको १३ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीइडीबी हाइड्रोको १३ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त, न्यादी हाइड्रो, यूनिक नेपाल लघुवित्त वित्तीय संस्था, सगरमाथा जलविद्युत कम्पनी र थ्री स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी ५ कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ३६ प्रतिशतका दरले गुमाएका हुन् ।