IME Life New

शेयर बजारलाई प्राकृतिक ढंगले सञ्चालन हुन दिन लगानीकर्ताको माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लगानीकर्ताहरुले शेयर बजारलाई प्राकृतिक ढंगले सञ्चालक हुन दिन माग गरेका छन्।

जनरल इन्भेस्टर एसोसिएन, नेपाल शेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपालले आज संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्। विगत केही दिनदेखि नेपालको पुँजी बजार दिनानुदिन अप्राकृतिक तवरबाट लगातार घटाइएकोमा उनीहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

Esewa
Crest

पुँजी बजार यसरी अप्राकृतिक ढंगबाट घट्नुपर्ने कुनै मौलिक तथा तथ्यपरक आधारहरु नरहेको विज्ञप्तिमा उल्लेख छ। ‘यस सम्बन्धमा लगानीकर्ताहरुले धितोपत्र बोर्ड, अर्थ मन्त्रालय, नेपाल स्टक एक्सचेन्जमा आफ्ना गुनासा राखिसकेकोले तत्काल छानबिन गर्न हामी सम्बन्धित निकायसँग जोडदार माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

पुँजी बजारलाई स्वतन्त्र र निष्पक्ष ढङ्गबाट सञ्चालन गर्न र आमलगानीकर्ताको अधिकारको सुनिश्चितता गर्न नियमनकारी निकायबाट यथाशीघ्र पहल गर्नसमेत विज्ञप्तिमा आग्रह गरिएको छ। ‘यसका साथै आमलगानीकर्ता कसैको लहलहमा नलागी सुझबुझ ढंगबाट कारोबार गर्न र पुँजीबजार सुधारका लागि एकजुट भएर अगाडि बढ्नसमेत अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS