IME Life New

पसलले अनिवार्य रुपमा मूल्यसूची राख्नुपर्ने, अंकित मूल्यभन्दा बढीमा बिक्री गरे कारबाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिकामा सञ्चालित खुद्रा तथा थोक बिक्रीस्थल (पसल)ले मूल्यसूची अनिवार्य रुपमा राख्नुपर्ने भएको छ।

काठमाडौं महानगरपालिकाले आज एक सूचना जारी गर्दै पसलहरुलाई मूल्यसूची अनिवार्य रुपमा राख्न निर्देशन दिएको हो। मूल्यसूची बनाएर पसलको अग्रभागमा देख्ने गरी राख्न महानगरले निर्देशन दिएको छ।

Esewa
Crest

यसैगरी अंकित अधिकतम मूल्य (एमआरपी) भन्दा बढी मूल्यमा बिक्रीवितरण नगर्ने सुनिश्चित गर्न पनि महानगरले निर्देशन दिएको छ। उपभोग गर्ने अवधि बाँकी भएको मालसामान मात्र बिक्रीवितरण गर्नुपर्ने महानगरले स्पष्ट पारेको छ।

खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता काम गर्न महानगरले निर्देशन दिएको छ।

अनुगमनका क्रममा निर्देशनविपरीत कसैले कुनै वस्तु वा सेवा बिक्रीवितरण गरेको पाइएमा, उजुरी परेमा वा गुनासो प्राप्त भएमा अनुगमन टोलीका सदस्य वा महानगरको कार्यालयबाट प्रचलित कानुनबमोजिम कारबाही गरिने महानगरले चेतावनी दिएको छ।

महानगरले स्वच्छ, गुणस्तर तथा सुपथ सामान प्राप्त गर्न सबै उपभोक्तालाई सबै कुरा जाँचेरमात्र सामान, वस्तु तथा सेवा खरिद गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS