IME Life New

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा, साधारणसभा पनि आह्वान

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सुपर मादी हाइड्रोपावरले लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको हो।

कम्पनी सञ्चालक समितिले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँको ५ प्रतिशतले हुन आउने १० करोड ५० लाख रुपैयाँबराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ। बोनस शेयर कर प्रयोजनार्थ कम्पनीले ५५ लाख २६ हजार ३१६ रुपैयाँ छुट्याएको छ।

Crest

यसैगरी सञ्चालक समितिको बैठकले लाभांश पारितसहितका अजेन्डा अनुमोदन गर्न कम्पनीको १५ औँ वार्षिक साधारणसभा आउँदो कात्तिक ५ गते डाकेको छ। सभा काठमाडौंको बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा बिहान ११ बजेटबाट सुरु हुनेछ। सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।

सोही सभाले ताप्लेजुङमा निर्माणाधीन २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानी गर्न सञ्चित मुनाफा, कर्जा तथा हकप्रद शेयर जारी गर्ने र त्यस कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेषा प्रस्ताव अनुमोदन गर्नेछ।

सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक समितिको संख्यामा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षक प्रतिवेदन अनुमोदन गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।

साधारण सभा र लाभांश प्रयोजनार्थ कम्पनीले असोज १८ गतेदेखि कात्तिक ५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १६ गतेसम्म कायम शेयरधनीहरु यो कम्पनीको लाभांश पाउने र सभा भाग लिन योग्य हुनेछन्। किनकि असोज १७ गते घटस्थापना परेकोले सार्वजनिक बिदा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS